सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य छैन : प्रवक्ता ज्ञवाली

दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य छैन : प्रवक्ता ज्ञवाली

विभाजित नेकपाको केपी शर्मा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य नभएको बताएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– विभाजित नेकपाको केपी शर्मा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य नभएको बताएका छन्।

बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘हामीले त्यो आन्दोलनको कुनै औचित्य देख्दैनौं। जनमत जुटाउन जान छोडेर आन्दोलनको नाममा जनतालाई थप पीडा दिनु भनेको जनमतबाट पलायन हुनु र तर्सिनु हो,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु त्यो निर्णय फिर्ता लिएर निर्वाचनको वातावरणमा जानुहोस्।’

वर्तमान संसदमा प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा बहुमतसहित प्रतिनिधित्व गरेको नेकपा भएको उनको दाबी छ।

उनले रिक्त मन्त्रालयमा छिट्टै मन्त्रीहरु नियुक्त गरिने बताए। ‘धेरै समय खाली राख्न मिल्दैन,’ उनले भने,‘अब हामी त्यसतर्फ ध्यान दिएर अघि बढ्ने तयारीमा छौं।’ प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दाहाल–नेपाल समूहबाट  सरकारमा प्रतिनिधित्व गर्ने सात मन्त्रीहरुले राजीनामा दिएका छन्। 

प्रकाशित: Dec 24, 2020| 11:36 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।