सोमबार, भदौ २२, २०८३

प्रदेश १ बाट आज ५१५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्यूरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ।

प्रदेश १ मा बिहीबार ५० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १३, सुन्दरहरैचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ११ र भद्रपुरमा १, इलामको चुलाचुली, पाँचथरको याङवरक, ओखलढुङ्गाको चिशंखुगढीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ।

प्रदेश १ मा बिहीबार ३९० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 24, 2020| 11:25 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।