सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानको रक्षा मात्र होइन, आवश्यक परे संशोधन गर्छौं : ओली 

संविधानको रक्षा मात्र होइन, आवश्यक परे संशोधन गर्छौं : ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा मात्रै नभएर आवश्यक परे संशोधन गर्ने बताएका छन्। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा मात्रै नभएर आवश्यक परे संशोधन गर्ने बताएका छन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै ओलीले संविधानको रक्षाको लागि आवश्यक परेमा संशोधन पनि गर्न सकिने बताएका हुन्। 

उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आन्दोलनप्रति पनि टिप्पणी गरेका छन्। 

ओलीले भने, ‘न जनआन्दोलनमा हिँडेको, न जनयुद्धमा लागेको नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन समिति रे। कठैबरा, खुट्टी हेर्दै पत्याइयो।’ 

आजै बसेको दाहाल–नेपाल समूहको बैठकले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। 

ओलीले भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाएको र नाकाबन्दीको सामना गरेबापत घेराबन्दीमा पारिएको पनि बताए। 

उनले आफूले नेतृत्व गरेको समूह मूल पार्टी भएको भन्दै भने, ‘पार्टीबाट मलाई निकाल्नु चेस खेल्दा हात्ति खाएँ भनेजस्तै हो।’

 

प्रकाशित: Dec 24, 2020| 10:23 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।