सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा साढे २ करोडको क्षति

जनकपुरमा डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा साढे २ करोडको क्षति

जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलगी हुँदा साढे २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

जनकपुरधाम- जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलगी हुँदा साढे २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार बिहान ११ बजे जनकपुरधाम–२ स्थित शिवचोकमा रहेको डिपार्टमेन्टल स्टोरमा विद्युत सर्ट भई आगलगी हुँदा साढे २ करोडको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। 

डिपार्टमेन्टलका सञ्चालक जनकपुरधाम- ४ का हरिकान्त मिश्रले जनकपुरधामको बारुण यन्त्र समयमा नआउँदा बढी क्षति भएको बताए। उनले भने, ‘डिपार्टमेन्टलमा आगो लागेपछि उपमहानगरमा फोन गर्दा बारुण यन्त्र बिग्रेको बताए।'

त्यसपछि प्रदेशसभा सदस्य रामआशिष यादवलाई फोन गरेपछि विभिन्न स्थानबाट बारुण यन्त्र आयो।’ उनले थपे, ‘डिपार्टमेन्टल स्टोरबाट करिब २ सय मिटरको दूरीमा उपमहानगरपालिकाको कार्यालय रहे पनि त्यहाँबाट कुनै सहयोग भएन।’

आगलागीबाट डिपार्टमेन्टल स्टोरभित्र रहेको कस्मेटिक, ईलेक्ट्रोनिक, किराना सामान र रेडिमेट कपडा जलेर नष्ट भएको छ। आगो निभाउन धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट, महोत्तरीको जलेश्वर लगायतका स्थानबाट ६ वटा बारुण यन्त्र आएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका साथै स्थानीयहरु पनि आगो नियन्त्रणमा लिन जुटेका थिए।

यता जनकपुरधामका व्यापार-व्यवसायीहरुले उपमहानगरकाे विराेधमा  प्रदर्शन गरेका छन्। जनकपुरधाम चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष सरोज मिश्रले करोडौंको गाडीमा मेयर चढे पनि बारुण यन्त्र जस्तो अतिआवश्यक गाडी दुरुस्त नराख्नु दुर्भाग्यपूर्ण रहेको बताए।

उनीहरुले उपमहानगरको कार्यालयको अगाडि मेयर लालकिशोर साहविरुद्ध प्रदर्शन गरेका थिए। 

जनकपुरधाम उपमहानगरमा बारुण यन्त्र नभएपछि आगो लागेको झण्डै ४० मिनेटपछि जनकपुर विमानस्थलबाट बारुण यन्त्र पुगेको थियो।

प्रकाशित: Dec 24, 2020| 09:55 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।