सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा प्रदेश २ का सचेतकले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य पद

नेकपा प्रदेश २ का सचेतकले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य पद

प्रदेश २ को प्रदेशसभामा नेकपाका सचेतक रहेका सुन्दर विश्वकर्माले नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा नेकपाका सचेतक रहेका सुन्दर विश्वकर्माले नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

नेकपाका बारा जिल्ला कमिटीको सचिवसमेत रहेका विश्वकर्मा बारा क्षेत्र नम्बर ४ (क) बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू केपी ओली समूहको केन्द्रीय सदस्य पदमा चयन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यो पदमा नबस्ने घोषणा गरेका हुन्।

उनले विज्ञप्तिमा लेखेका छन् ‘आफू केपी ओली समूहमा केन्द्रीय सदस्य पदमा चयन भएको विषय दूराशययुक्त ढंगले प्रचार गरिएको छ।’

यता नेकपाका प्रदेश सदस्यद्वय कमलेश झा र कल्याणी चौधरीलेसमेत केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

झाले प्रेस विज्ञप्ति निकालेर पद अस्वीकार गरेका छन् भने कल्याणीले सामाजिक सञ्जालमा लेखेर पद अस्वीकार गरेको जानकारी दिएकी छन्।

झा नेकपा सर्मथित मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको प्रदेश कमिटी अध्यक्ष समेत हुन्।
पद अस्वीकार गरेका तीनै जनाले आफूहरु हाल रहेको जिम्मेवारी नै बहन गर्ने बताएका छन्।

प्रकाशित: Dec 24, 2020| 09:38 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।