सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। 

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

साथै कांग्रेसले यही पुस १६ गते देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध जनाएको छ।

कांग्रेस बैठक मंगलबारदेखि जारी छ।

प्रकाशित: Dec 24, 2020| 09:26 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।