सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको दाहाल-नेपाल समूहले १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

नेकपाको दाहाल-नेपाल समूहले १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ।

जसअनुसार भोलि (शुक्रबार) माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित निर्वाचन आयोग पुग्ने र पार्टी दर्ताको निवेदन दिने कार्यक्रम तय भइसकेको छ। त्यस्तै सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्गठनको माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा निवेदन दिने कार्यक्रम पनि तय भइसकेको छ।

यस्तै भालि नै दिउँसो २ बजे पत्रकार सम्मेलन गरिने भएको छ।

पर्सि ११ गते प्रदेश कार्य समितिको बैठक गरिने प्रस्ताव भएको छ भने १२ गते ७७ वटै जिल्लाको जिल्ला भेला गर्ने प्रस्ताव गरिएको छ।

यस्तै १४ गते राजधानी तथा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम प्रस्ताव भएको छ। बागमती प्रदेशको भने काठमाडौं केन्द्रित कार्यक्रम गर्न प्रस्ताव गरिएको छ।

यसैगरी पुस २० गते सबै नगरमा नगर भेला आयोजना गर्ने प्रस्ताव बैठकमा गरिएको छ। पुस २५ गते वडा भेला गर्ने प्रस्ताव गरिएको छ।

यस्तै बैठकमा नारायणकाजी श्रेष्ठ नेतृत्वको २५ सय सदस्यीय आन्दोलन मुल आयोजक कमिटी गठन गर्ने, प्रदेशमा पार्टीमाथि भएको आक्रमणको बारेमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तथा स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा प्रदेशको आन्दोलन चलाउने प्रस्ताव बैठकमा गरिएको छ।

दाहाल नेपाल समूहको बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ।

प्रकाशित: Dec 24, 2020| 09:10 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।