काठमाडौं– सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूह आफ्नो समूहको आधिकारिकताका लागि निर्वाचन आयोग र संसद् पुनस्थापनाका लागि सर्वोच्च अदालत जाने भएको छ।
बबरमहलस्थित एक पार्टी प्लालेसमा आज बिहीबार बसेको उक्त समूहको स्थायी कमिटीले यस्तो निर्णय गरेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए। सांसदहरु बिहान १० बजे सर्वोच्च जाने र केन्द्रीय सदस्यहरु दिउँसो १ बजे निर्वाचन आयोग जाने उनले बताए।
दाहाल–नेपाल समूहमा ३१५ जना केन्द्रीय र ९३ जना सांसद रहेको दाबी गरिएको छ।
उक्त समूहको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ।