सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु, बादलले पनि गरे कित्ता क्लियर

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु, बादलले पनि गरे कित्ता क्लियर

सत्तारुढ दल नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- सत्तारुढ दल नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण र आवश्यक निर्देशन दिने तयारी छ।

ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले केन्द्रीय कमिटीको अन्तिम रुपरेखा आज सार्वजनिक हुने जानकारी दिए। ‘को मानिस कता छन् र केन्द्रीय कमिटीको आकार के हो भन्नेबारे सम्भवतः आजको बैठकमा फाइनल हुन्छ,’ उनले भने,‘जिल्लाबाट आएका केन्द्रीय सदस्यहरु फर्किनुपर्ने भएकाले उहाँहरुलाई आवश्यक प्रशिक्षणसमेत दिइन्छ।’

यसैबीच, पार्टी दुई चिरा हुँदा तटस्थ देखिएका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल ओली समूहतिर लागेका छन्। आजको बैठकमा उनी सहभागी हुने केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए। बादलको साथमा ३५ जना भए पनि उनीहरु भने दाहाल–पक्षतिर लागेको बताइएको छ। 

७ पुसमा दुवै समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर आफूलाई आधिकारिक, वैधानिक भएको दावी गरिसकेका छन्। नेकपाको आधिकारिकता कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ। उनीहरुले आफू आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा केन्द्रीय समितिका सदस्यहरुको हस्ताक्षर र निर्णयहरु बुझाइसकेका छन्। 

ओली समूहले अहिले कायम रहेको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै बैठकले पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको थियो।

नेकपाको वर्तमान संरचनामा रहेका ४४६ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गर्दै केन्द्रीय सदस्यको संख्या ११ सय ९९ पुर्याएको थियो। त्यस्तै आगामी मंसिर २ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो। 
यता दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले भने केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। 

प्रकाशित: Dec 24, 2020| 07:50 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।