मंगलबार, साउन १९, २०८३

नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

टोखा नगरपालिका–६ स्थित नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– टोखा नगरपालिका–६ स्थित नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ। 

शिक्षा क्षेत्रमा काम गरिरहेका दुई संस्था इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेशन (इन्सिड¬) तथा सोसाइट फर पर्मानेन्ट आर्ट कल्चर एण्ड एजुकेशन (स्पेस) ले २० डिसेम्बरमा आयोजना गरेको अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा अवार्डको घोषणा गरिएको हो। 

कोभिड–१९ का कारण बन्द अवस्थामा पनि विद्यालयले गरेको शैक्षिक गतिविधिलाई समेत आधार बनाई अवार्ड नमोबुद्ध स्कुललाई प्रदान गरिएको हो। 

विद्यालयले भर्चुअल शिक्षण सिकाई प्रक्रियामा अपनाएका शिक्षण पद्धति, श्रव्यदृश्य कक्षा, लिखित तथा मौखिक मूल्यांकन विधि, विद्यालयको भौतिक पूर्वाधार, स्कुलका उपलब्धि आदिलाई मुल्यांकनको आधार बनाइएको थियो। 

कार्यक्रममा नमोबुद्ध स्कुलका संस्थापक प्रिन्सिपल ज्ञानबहादुर तामाङ र को–अर्डिनेटर सन्तोष खत्रीको सहभागिता थियो। 

अन्तर्राष्ट्रिय अवार्डले विद्यालयको शिक्षा गुणस्तरीय भएको कुरालाई प्रमाणित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामाले बताए। 

दुई दशकदेखि सञ्चालित नमोबुद्ध इन्टरनेशनल मोडेल स्कुलले प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको छ। 

विद्यालयले आगामी शैक्षिक शत्रदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने तयारी गरिरहेको संस्थापक प्रिन्सिपल ज्ञानबहादुर तामाङले जानकारी दिए। 

भर्चुअल रुपमा भारतको नयाँ दिल्लीबाट सञ्चालित कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेशिया, इन्डोनेशिया, साउदी अरेबिया, मेक्सिको, थाइल्याण्डलगायत ५० भन्दा बढी देशका करिब २५० शैक्षिक संस्था तथा व्यक्तिको सहभागिता थियो। 
 

प्रकाशित: Dec 24, 2020| 07:34 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्