सोमबार, भदौ २२, २०८३

आन्दोलनका लागि देउवालाई दबाब दिन पौडेल पक्षको भेला

संसद् विघटन गर्ने सरकारको घोषणाविरुद्ध आन्दोलनका लागि नेतृत्वलाई दबाब दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै भेला सुरु भएको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– संसद् विघटन गर्ने सरकारको घोषणाविरुद्ध आन्दोलनका लागि नेतृत्वलाई दबाब दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै  भेला सुरु भएको छ। 

अनामनगरस्थित वरिष्ठ नेता पौडेलको सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवालाई आन्दोलनमा जान दबाब दिनका लागि भेला डाकिएको हो।  

संसद् विघटन र मध्यावधि निर्वाचन मिति घोषणा गर्ने सरकारी घोषणापछि आगामी रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखि जारी छ। 

बैठकमा देउवा पक्षका नेताहरु आन्दोलनमा नगएर चुनावको तयारी गर्नुपर्ने पक्षमा देखिएका छन्। 

पौडेल पक्षका नेताहरु भने सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने पक्षमा छन्।  

यही विषयमा बुधबारको बैठकमा देउवा र पौडेल पक्षका नेताहरुबीच घम्साघम्सी समेत परेको थियो। पौडेल पक्षको भेलाले देउवालाई आन्दोलनमा जाने निर्णय गराउन दबाब दिने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।  

भेलामा पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला, गगन थापा, बलबहादुर केसी लगायतका नेताहरु छन्। 
 

प्रकाशित: Dec 24, 2020| 07:18 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।