सोमबार, भदौ २२, २०८३

अछाममा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु

अछाममा कोरोनाभाइरस संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी–अछाममा कोरोनाभाइरस संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। 

जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका ४, मष्टामाण्डौका ७४ वर्षिय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको हो। 

पुष ६ गतेदेखि जिल्ला अस्पताल अछाममा उपचार गराइरहेका उनको बुधबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मनोज बिष्टले बताए।

कमलबजार प्रयोगशालामा परीक्षण गरिएकोमा पुष ६ गते उनको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। कोरोना परीक्षणका लागि पुष २ गते स्वाब लिइएको सूचना अधिकारी बिष्टले बताए। 

योसंगै अछाम जिल्लामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

प्रकाशित: Dec 24, 2020| 06:46 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।