सोमबार, भदौ २२, २०८३

ठेक्का लागेको ५ वर्षसम्म बनेन नाग्म-गमगढी सडक 

नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ । 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

जुम्ला- नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ । 

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटक पटकको निर्देशन अटेर गरेपछि जेभिलाई नवौं पटक पत्र काटिएको जानकारी दिए । 

शुरुआती विन्दु १३ किलोमिटरमा पाँच वर्ष अघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिम पत्र काम गर्न भनि काटिएको कार्यालयले जनाएको छ । 

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो  । सम्झौता रकम रु १० करोड १३ लाख ८ हजार १३० रुपैँया मध्ये रु सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । 

कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले  काम शुरु गर्ने जानकारी दिए । 

प्रकाशित: Dec 24, 2020| 06:15 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।