सोमबार, भदौ २२, २०८३

नेकपा विभाजनपछि चिनियाँ राजदूतले भेटिन् दाहाललाई

विभाजित भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- विभाजित भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन्।

आज बिहान साढे ९ बजे दाहाललाई भेट्न उनी खुमलटार पुगेकी थिइन्। दाहाल निकट स्रोतकाअनुसार करिब २० मिनेट जति छलफल भएको छ।

दाहालसँग उनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको बताइएको छ। प्रधानमन्त्रीले संसद विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन्। 

नेकपाभित्र देखिएको विवादका समयमा राजनीतिक भेटवार्तामा सक्रिय बन्दै आएकी यान्छीले पछिल्लो पटक नेकपा विभाजनको संघारमा आएपछि पुनः आफ्नो भेटवार्तालाई सक्रिय पारेकी हुन्।
 

प्रकाशित: Dec 24, 2020| 06:00 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।