काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेका लागि सरेको छ।
केन्द्रीय सदस्य डा दीपकप्रकाश भट्टले अहिले बिहान साढे ११ बजेका लागि तोकिएको बैठक दिउँसो १ बजेका लागि सरेको जानकारी दिए।
शीर्षस्थ नेताहरु छलफलमा व्यस्त रहेकाले केन्द्रीय कमिटीको बैठक सारिएको हो।
खु्मलटारमा नेताहरुबीच पार्टीको महासचिव कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ। आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ४० पृष्ठ लामो प्रत्युत्तर पेश गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै बैठकले आज नै महासचिव चयन गर्नुका साथै संसद विघटनका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहको पनि दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ।