सोमबार, भदौ २२, २०८३

बल्खुमा भ्यानकाे ठक्करबाट पैदलयात्रुको मृत्यु

बल्लुस्थित सीता पेट्रोल पम्प नजिकै बा २१ च ५०६४ नम्बरकमो पिकअप भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- बल्खुमा भ्यानकाे ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । 

मंगलबार साँझ बल्लुस्थित सीता पेट्रोल पम्प नजिकै बा २१ च ५०६४ नम्बरकमो पिकअप भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

प्रहरीका अनुसार भ्यानको ठक्करबाट नवलपरासीको देवचुली नगरपालिका १४ का २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको बल्खुको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भ्यानसहित चालक राजु तामाङलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित: Dec 24, 2020| 03:41 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।