सोमबार, भदौ २२, २०८३

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते 

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

खोड्पेबाट बझाङको बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप जयपृथ्बी राजमार्गको सुर्नया गाउँपालिका–८, आलगैरा भन्ने स्थानमा भएको हो।

दुर्घटनामा बझाङको बुंगल नगरपालिका ११ का जिप चालक अन्दाजी २७ वर्षका धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता जनक सिंह धामीले दुर्घटनामा धनबहादुर बोहराको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताए। 

घाइतेमध्ये बैतडीको पुर्चौडी नगरपालिका ४, भटनाका अन्दाजी ४० वर्षका गंगादत्त भट्ट, सोही ठाउँका ३५ वर्षका जनक भट्टको अवस्था गम्भीर रहेको बताए। 

दुर्घटनामा घाइते बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

गम्भीर घाइतेहरुलाई उपचार लागी डडेल्धुरा अस्पताल पठाईएको छ।  जिपमा चार जना सवार थिए भने दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 24, 2020| 02:38 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।