काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) पनि बस्ने भएको छ।
मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।
कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे पनि मिति र कार्यक्रम भने आज बस्ने बैठकले तय गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत जनाएका छन्।
कांग्रेसले पुस १६ गतेको कार्यक्रमलाई रास्ट्रीय एकता र मेलमिलाप दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ।