काठमाडौं। नागरिक अभियन्ताहरूले संसद विघटनलाई प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै घोर भर्त्सना गरेका छन्।
काठमाडौं आयोजित भेलामा अभियन्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला चालेको गैरसंवैधानिक कदम भर्त्सनायोग्य मात्र होइन, अमानवीय पनि भएको बताए।
उनीहरूले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न माग पनि गरेका छन्।
अभियन्ताहरूले प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा गरिएको संसद विघटन गैरसंवैधानिक र जनविरोधी रहेको भन्दै यसले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको बताए।
भेलापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको छ।’
यस्तै लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ-आफ्नो ठाउँबाट आ-आफ्ना माध्याममार्फत् सशक्त प्रतिरोधमा उत्रन पनि आह्वान गरिएको छ।
भेलाले सचेत नागरिकहरूको पहललाई ‘बृहत् नागरिक आन्दोलन’ नामकरण गरेको छ। साथै प्रतिगमनविरुद्ध सडकमा उत्रेरै प्रतिरोध गर्ने निर्णय पनि गरिएकाले यसमा समेत सहभागी हुन अपिल गरिएको छ।
भेलामा प्रत्यक्ष/परोक्ष सहभागी सदस्यहरू:
१. अर्चना थापा (लेखक/अभियन्ता)
२. अनिता माझी (सञ्चारकर्मी/अभियन्ता)
३. अनुभव अजीत (नागरिक अधिकारकर्मी/अभियन्ता)
४. अस्मिना रञ्जित (कलाकार)
५. आनन्द गुप्ता (मधेसी अधिकारकर्मी/अभियन्ता)
६. आरके तामाङ (अभियन्ता)
७. आशिष घिमिरे (अभियन्ता)
८. उद्धव प्याकुरेल (अधिकारकर्मी/अभियन्ता)
९. काजी गुरुङ (अभियन्ता)
१०. केपी पाठक (चलचित्रकर्मी)
११. कैलाश राई (लेखक/अभियन्ता)
१२. खगेन्द्र संग्रौला (लेखक/नागरिक अगुवा)
१३. गुरुङ सुशान्त (लेखक/अभियन्ता)
१४. घिमिरे युवराज (रंगकर्मी/अभियन्ता)
१५. चन्द्रवीर तुम्बापो (कवि/अभियन्ता)
१६. छम गुरुङ (कवि/अभियन्ता)
१७. जेबी विश्वकर्मा (अधिकारकर्मी/अभियन्ता)
१८. ज्योति भट्टराई (कवि/अभियन्ता)
१९. डिबी आङबुङ लिम्बु (मुन्धुम अध्येता/अभियन्ता)
२०. तारालाल श्रेष्ठ (लेखक/प्राध्यापक/अभियन्ता)
२१. तुलसीदास महर्जन (लेखक/अभियन्ता)
२२. दिनेश पन्त (अभियन्ता)
२३. दुर्गाबहादुर खत्री (अभियन्ता)
२४. नरेन्द्र खतिवडा (अधिकारकर्मी/अभियन्ता)
२५. नविन तिवारी (अभियन्ता)
२६. नारायण वाग्ले (लेखक/पत्रकार/अभियन्ता)
२७. पुष्कर काफ्ले (अभियन्ता)
२८. प्रमोद संकल्पित (मधेसी अधिकारकर्मी/अभियन्ता)
२९. प्रेम वाइबा (अभियन्ता)
३०. बालकृष्ण माबुहाङ (लेखक/प्राध्यापक/अभियन्ता)
३१. बुद्धछिरिङ मोक्तान (अभियन्ता)
३२. बुद्धराज लामा (अभियन्ता)
३३. भूपाल राई (कवि/अभियन्ता)
३४. मनोज खतिवडा (अभियन्ता)
३५. मनोज पण्डित (चलचित्रकर्मी)
३६. युग पाठक (लेखक/अभियन्ता)
३७. युवराज भट्टराई (लेखक/अभियन्ता)
३८. राजन खतिवडा (रंगकर्मी)
३९. राजन काफ्ले (कलाकार)
४०. राजु स्याङतान (कवि/अभियन्ता)
४१. रुपबहादुर सुनार (अधिकारकर्मी/अभियन्ता)
४२. वसन्त रञ्जितकार (अभियन्ता)
४३. विनोद लोहनी (अभियन्ता)
४४. विमल अर्याल (नागरिक अधिकारकर्मी)
४५. विप्लव प्रतिक (कवि)
४६. श्याम श्रेष्ठ (नागरिक अगुवा)
४७. स्वर्णिम दिनेश (अभियन्ता)
४८. शिवहरी ज्ञवाली (लेखक/अभियन्ता)
४९. सरोजराज अधिकारी (संचारकर्मी/लेखक)
५०. सङ्गीत (लेखक/अभियन्ता)
५१. संघर्ष दहाल (अभियन्ता)
५२. सञ्जीव उप्रेती (लेखक)
५३. सिर्जना खड्का (सञ्चारकर्मी)
५४. हिमाल पौडेल (सञ्चारकर्मी)