सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : ओली समूहका ५ नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार

प्रदेश १ : ओली समूहका ५ नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले केन्द्रीय सदस्यमा मनोनीत गरेका प्रदेश १ का पाँच नेताले सो पद अस्वीकार गरेका छन्। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

विराटनगर- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले केन्द्रीय सदस्यमा मनोनीत गरेका प्रदेश १ का पाँच नेताले सो पद अस्वीकार गरेका छन्। 

पद अस्वीकार गर्नेमा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, कला घले, जिल्ला समन्वय समिति मोरङ प्रमुख नरेश पोखरेल र उदयपुरको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ रहेका छन्।

सामाजिक विकास राज्यमन्त्री गजमेरले सामाजिक सञ्जालमार्फत् केन्द्रीय सदस्य पद अस्वीकार गरेको बताएकी छन्।

प्रदेशसभा सदस्य घलेले ओली समूहको केन्द्रीय सदस्य पद आफूलाई स्वीकार्य नभएको बताइन्। उनले भनिन्, ‘म पार्टी फुटको पक्षमा छैन।’ 

जिल्ला समन्वय समितिका प्रमुख पोखरेलले पार्टीलाई खरानी बनाएर मनोनीत गरिएको केन्द्रीय सदस्य पद ग्रहण नगर्ने बताए। 

मंगलबार केन्द्रीय सदस्यको आकार एक हजार १९९ बनाउँदा प्रदेश १ बाट  एक सय बढी  थपिएका थिए।  

प्रकाशित: Dec 23, 2020| 13:48 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।