सोमबार, भदौ २२, २०८३

‘दाहाल-नेपाल पक्ष विदेशी शक्तिको प्रभावमा परे’

कम्युनिस्ट आन्दोलन भत्काउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल विदेशी शक्तिकाे प्रभावमा परेको निष्कर्ष केपी शर्मा ओली समूहले निकालेको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

विराटनगर– नेपालको कम्युनिस्ट आन्दोलन भत्काउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल विदेशी शक्तिकाे प्रभावमा परेको निष्कर्ष केपी शर्मा ओली समूहले निकालेको छ।

नेपालका कम्युनिस्ट मिलेको भारतीय र पश्चिमाले नरुचाइरहेको समयमा दाहाल र नेपाल प्रभावमा परेको नेताहरुले बताएका छन्।

नेकपाको ओली समूहले बुधबार काठमाडौंको गौशालामा आयोजना गरेको १ नं. प्रदेशका केन्द्रीय कमिटी सदस्यको प्रथम बैठकमा सहभागी नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन्।

बैठकमा सहभागी नेकपा नेताहरु प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र मणि थापाले प्रतिनिधिसभा विघटनको अवस्था र नेकपाको एकताको प्रकृयाबारे अभिमुखीकरण गरेको केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जानकारी दिए। 

नेता ज्ञवालीले विधि र पद्धतिको कुरा गर्नेहरुले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको बताए।

उनले भने, ‘हामीले सबैलाई समेटेर निर्वाचन आयोजक कमिटी गठन गर्‍याै‌ं।’ कम्युनिस्ट आन्दोलन निभ्न लागेको समयमा जनताको बहुदलीय जनवादको आलोकमा राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका कारण  नेपाली कम्युनिष्ट आन्दोलन टिकेको नेता ज्ञवालीले बताए।

उनले यसलाई निमिट्यान्न ढंगले सक्ने अभियानमा नेतृत्वमा रहेका केही हस्तीहरू देखिएको बताए। 'जतिसक्दो चाँडो महाधिवेशनमा जाने पहलकदमी लिन र अग्रणी भूमिका खेल्न सकेको भए हामी सबैले महाधिवेशनको मञ्चबाट नेता नेपाललाई अध्यक्षमा चुन्ने थियौं', उनले भने। अभिमुखीकरणमा नेता मणि थापाले नेपाली कम्युनिस्ट आन्दोलन दुनियाँका नयाँ संस्करण रहेकाे बताए।

उनले भने, ‘दुईवटा पार्टी मिलेपछि यो झन् अध्ययन र अनुशरणका लागि आकर्षित भएको थियो। यसबाट भारतीय र पश्चिमा कम्युनिस्टले सिको गर्छन् भन्ने निष्कर्ष र भयंकर ठूलो भयका साथ कम्युनिस्ट विरोधी शक्तिले हाम्रो नेतृत्वलाई प्रभावमा पारेको हाे।'

बैठकमा प्रदेश नं १ का १४ वटै जिल्लाको रिपोर्टिङ गरिएको नेता बाँस्कोटाले बताए। उनले भने, ‘समग्रमा पार्टीको स्थिति राम्रो रहेको देखियो।’

बैठकमा सहभागीहरुले सूर्य चिह्न जसरी पनि लिनुपर्ने बताएका थिए। नेता सुवास नेम्वाङले जुनसुकै मूल्य र अर्थमा पनि सूर्य ओली नेतृत्वको नेकपाको हुने दाबी गरे।

प्रकाशित: Dec 23, 2020| 12:28 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।