सोमबार, भदौ २२, २०८३

भीरबाट ट्रक खस्दा तीनको मृत्यु

कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

नवलपुर– कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–३ को भोक्रेफाँटस्थित सेती भीरबाट बुधबार बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।

दुर्घटनामा परी ट्रक चालक मकवानपुरको हेटौंडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताए।

दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Dec 23, 2020| 12:20 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।