सोमबार, भदौ २२, २०८३

कांग्रेसले मेलमिलाप दिवस देशव्यापी मनाउने

नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाउने भएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले मेलमिलाप दिवस पुस १६ गते विभिन्न कार्यक्रमका साथ देशव्यापी रुपमा मनाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकले कोरोना संक्रमित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अर्को बैठक बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालयमा बस्नेछ।

२०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।

प्रकाशित: Dec 23, 2020| 12:03 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।