बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलन घोषणाबारे कांग्रेसमा चर्काचर्की, पौडेलमाथि देउवा पक्षको प्रतिवाद

आन्दोलन घोषणाबारे कांग्रेसमा चर्काचर्की, पौडेलमाथि देउवा पक्षको प्रतिवाद

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले निर्वाचन घोषणाको स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्दै अब ताजा जनादेशका लागि तयारी गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, पुस ८, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, पुस ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसमा संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने विषयमा चर्काचर्की परेको छ। 

Kumaribank

सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि रणनीति बनाउन मंगलबारदेखि जारी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा सरकारको कदमविरुद्ध आन्दोलन घोषणा गर्ने विषयमा चर्काचर्की परेको हो।  

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले निर्वाचन घोषणाको स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्दै अब ताजा जनादेशका लागि तयारी गर्नुपर्ने बताएका छन्।

संस्थापन इतर समूह भने सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नुपर्ने पक्षमा छ। 

बैठकमा आन्दोलन गर्ने कि निर्वाचनको तयारी गर्ने भन्ने विषयमा मत विभाजन भइरहँदा बुधबार सभापति देउवाले संसद् विघटनको विरोधमा एकदिने प्रदर्शनको कार्यक्रम राख्ने प्रस्ताव गरे। 

Metro Mart

उनले पुस १६ गते प्रदर्शनको कार्यक्रम राख्न प्रस्ताव गरेका थिए। १६ गते कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मेलमिलाप दिवसका दिन आन्दोलन गर्न नहुने बताएका थिए।  

पौडेलले बोलिनसक्दै देउवा पक्षका केन्द्रीय सदस्यहरुले उनको प्रतिवाद गरेका थिए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले पौडेलको भनाइको प्रतिवाद गर्दै ‘सभापति र तपाईं दुई जना छुट्टै सल्लाह गर्नुस्’ भनेका थिए। 

त्यसपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले सभापति बोलिरहँदा बीचमा बोल्ने? भन्दै पौडेलविरुद्ध आक्रोशित भएका थिए। 
केन्द्रीय सदस्य शंकर भण्डारीले समेत पौडेलको प्रतिवाद गरेको ती केन्द्रीय सदस्यले सुनाए।  

देउवा पक्षका नेताहरुले प्रतिवाद गरेपछि पौडेल पक्षका नेताहरु पनि कडा रूपमा प्रस्तुत भएको स्रोत बताउँछ। 

पौडेल निकट केन्द्रीय सदस्य गुरुराज घिमिरेले मेलमिलाप दिवसका दिन विपक्षी दलका नेताहरुलाई समेत बोलाएर कार्यक्रम गर्नुपर्नेमा आन्दोलन घोषणा गर्न नहुने र आन्दोलनको मिति अर्कै दिन तय गर्नुपर्ने बताएका थिए। 

‘विपक्षीलाई समेत बोलाएर कार्यक्रम गर्ने दिन आन्दोलन गर्न मिल्दैन। वरिष्ठ नेताले गलत बोल्नुभएको छैन। प्रतिवाद किन?,’ घिमिरेले भनेका थिए, ‘हामी सडकमा गइसक्यौं। मेलमिलाप दिवसको अघि वा पछि आन्दोलन गरौं।’ 

घिमिरे बोलेपछि देउवाले ‘सल्लाह गरेर गर’ भनेको अर्का एक केन्द्रीय सदस्यले भने। बैठकमा डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना र गगन थापाले बोलेका थिए। 

प्रवक्ताले आफ्नै बोली सच्चाए

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवाको प्रस्तावमा पुस १६ गते आन्दोलनको घोषणा गर्ने निर्णय भएको जानकारी गराएका थिए।

तर, नेताहरु भने पुस १६ गते आन्दोलन गर्ने टुंगो लागिनसकेको बताउँदै थिए। प्रवक्ता शर्माले निर्णय भइसकेको जानकारी दिएको सुन्दा कांग्रेस मुख्यालय प्रांगणमा नेताहरु आश्चर्य मान्दै भनिरहेका थिए– हो र? 

पत्रकारसामु १६ गते प्रदर्शन गर्ने निर्णय भएको जानकारी गराएका प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत १६ गते मेलमिलाप दिवस मनाउने र आन्दोलनको मिति भोलि (बिहीबार) घोषणा हुने भनेर आफ्नो गल्ती सच्याएका छन्।  

प्रकाशित: Dec 23, 2020| 11:43 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।