सोमबार, भदौ २२, २०८३

संसद् विघटनको विरोधमा जनकपुरधाममा जसपाको प्रदर्शन

जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

जनकपुरधाम– जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ। 

जनकपुरधाममा जसपाका नेताकार्यकर्ताले र्‍याली निकालेका थिए। 

जनक चोकबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः जनकचोकमै पुगी कोणसभामा परिणत भएको थियो।  

र्‍यालीमा जसपाका विभिन्न भ्रातृ संघ संगठनका प्रतिनिधि,  जिल्ला,  प्रदेशस्तरका नेता र प्रदेशसभा तथा स्थानीय तहका 
जनप्रतिनिधिहरुको उपस्थिति थियो।

उनीहरूले केपी ओली मुर्दाबाद, राष्ट्रपति मुर्दाबाद, प्रतिनिधिसभा विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारे गर, ओलीको निरंकुशताविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकजुट होऊँ लगायतका नारा लगाएका थिए। 

कोण सभामा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद् विघटन गरेर निरंकुश प्रवृत्ति देखाएको बताए। 

प्रकाशित: Dec 23, 2020| 11:24 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।