सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीका ११६ योजनामा अनियमितता भएको कांग्रेसको आरोप 

कैलालीका ११६ योजनामा अनियमितता भएको कांग्रेसको आरोप 

नेपाली कांग्रेस कैलालीले जिल्लाका १३ वटा स्थानीय तहमा सञ्चालित ११६ वटा योजनामा आर्थिक अनियमितता भएको ठहर गरेको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

धनगढी- नेपाली कांग्रेस कैलालीले जिल्लाका १३ वटा स्थानीय तहमा सञ्चालित ११६ वटा योजनामा आर्थिक अनियमितता भएको ठहर गरेको छ। 

गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन भएका संघीय, प्रदेश र स्थानीय तहको योजनामा अनियमितता भएको नेपाली कांग्रेस कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरेर जनाएको हो।

सो आर्थिक वर्षमा जिल्लामा संघीय, प्रदेश र स्थानीय तहमा विकास निर्माणको ३९६ योजनाको अनुगमन गर्दा ११६ वटा योजनामा अनियमितता भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) ले कतिपय सन्दर्भमा भ्रष्टाचार प्रमाणित हुने प्रमाण नभेटिए पनि परिणाम, नियत तथा कार्यशैलीले भ्रष्टाचार भएको देखाएको बताए।

‘भ्रष्टाचार प्रमाण राखेर गरिदैन’, सभापति शाहले भने, ‘कतिपय सन्दर्भमा भ्रष्टाचार प्रमाणित हुने सवुद प्रमाण नभेटिए पनि परिणाम, नियत तथा कार्यशैलीले त्यहाँ भ्रष्टाचार रहेको औल्याउँदछ।’

कैलालीका १३ स्थानीय तहमध्ये धनगढी उप–महानगरपालिकासहित चार स्थानीय तहमा नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ भने अन्यमा नेकपाले नेतृत्व गरेका छन्।

प्रकाशित: Dec 23, 2020| 11:20 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।