सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनको विरोधमा कांग्रेसले पुुस १६ गते देशभर प्रदर्शन गर्ने 

संसद् विघटनको विरोधमा कांग्रेसले पुुस १६ गते देशभर प्रदर्शन गर्ने 

नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १६ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १६ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ। 

कांग्रेस केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए। 

बैठकमा बोल्ने नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरंकुशतातर्फ उन्मुख रहेको बताएका थिए।

बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले आआफ्नो धारणा राखेका थिए।

कांग्रेस पदाधिकारी बैठकले संसद विघटन असंवैधानिक रहेको र यसलाई राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरिसकेको छ।

यस्तै कांग्रेस अगुवाइमा भएको सर्वदलीय बैठकले पनि संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदलाई असंवैधानिक ठहर गरेको छ। 

प्रकाशित: Dec 23, 2020| 10:44 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।