सोमबार, भदौ २२, २०८३

२४ घण्टामा थपिए ७४३ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन्। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रायलको  बुधबारकोे तथ्यांकअनुसार २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण गर्दा २७९ महिला र ४६४ जना पुरुषमा कोरोना पुष्टि भएको हो। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ९५२  छ।

हालसम्म २ लाख ४६ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्।  

पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोनाबाट कुल १ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Dec 23, 2020| 10:42 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।