सोमबार, भदौ २२, २०८३

अब संसद् पुनःस्थापना गरेर नयाँ सरकार : दाहाल

नेकपा संसदीय दलका नेता पुष्पकमल दाहालले अब संसद् पुनः स्थापना गरेर नयाँ सरकार निर्माण गरिने बताएका छन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नेकपा संसदीय दलका नेता पुष्पकमल दाहालले अब संसद् पुनः स्थापना गरेर नयाँ सरकार निर्माण गरिने बताएका छन्।

नेकपा संसदीय दलको नेता चयन भएपछि दाहालले उक्त कुरा बताएका हु्न्। उनले पार्टीले अन्य दलसँग पनि सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘ठूलो चुनौतीका समयमा जिम्मेवारी पाएको छु। मेरो कोसिस संघीय गणतन्त्र जीवित राख्न र प्रतिनिधिसभा पुन:स्थापनामा केन्द्रित हुनेछ।'

उनले सबै संसदलाई जीवित राख्न र त्यहाँबाट जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए। 

नेता दाहालले सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए। उनले भने, 'अब राष्ट्र र जनताका पक्षमा काम गर्ने गरी नयाँ सरकार गठनमा ध्यान केन्द्रित हुनेछ।'

दाहाल नेकपा अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा बुधबार संसदीय दलको नेतामा चयन भएका हुन्। संसदीय दलको बैठकले नेता केपी शर्मा ओलीलाई हटाएर दाहाललाई चयन गरेको छ।

यस्तै मंगलबार बसेको नेकपा केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा नेपाललाई चयन गरेको थियो।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्.विघटन गरेकी थिइन्। संसद् विघटनको मुद्दाबारे आगामी शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
 

प्रकाशित: Dec 23, 2020| 09:17 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।