मंगलबार, चैत १०, २०८२

शिक्षक महासंघसहित १३ शिक्षक संघसंगठनको अपिल : राजनीतिक उपलब्धिको रक्षा गरौं

‘संवैधानिक विधि, पद्धति तथा राजनीतिक सहमतिबाट अघि बढ्दै समस्याको निकास निकाल्नसमेत हामी सबैमा अपिल गर्दछौं।’
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– विद्यालय शिक्षकको छाता संगठन नेपाल शिक्षक महासंघसहित १३ वटा संघसंघठनले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटन गैरसंविधानिक, गैरराजनीतिक हुनुका साथै लहडी र बदनियतपूर्ण रहेको ठहर गरेका छन्। 

National life

ती संघसंसगठनले संयुक्त रुपमा अपिल प्रकाशित गरी राष्ट्रिय एकता, जनअधिकार र राजनीतिक उपलब्धिको रक्षाका पक्षमा सक्रिय रहन अनुरोध गरेका छन्।

उनीहरुले भनेका छन्, ‘संवैधानिक विधि, पद्धति तथा राजनीतिक सहमतिबाट अघि बढ्दै समस्याको निकास निकाल्नसमेत हामी सबैमा अपिल गर्दछौं।’

अपिलमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका तर्फबाट सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेका छन्। 

यस्तै नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्कीले हस्ताक्षर गरेका छन्। 

Laxmi sunrise bank
kumari

अपिल जारी गर्ने अन्यमा नेपाल राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंह, संयुक्त शिक्षक फोरम नेपालका चुल्हाई यादव, नेपाल शिक्षक मञ्चका भगवानदास चौधरी, मधेसी शिक्षक फोरम (लोकतान्त्रिक) का अध्यक्ष विष्णुकुमार चौधरी, लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष अतुलकुमार लाल छन्। 

अपिलमा मआशिसंम नेपालका अध्यक्ष रमाकान्त चौधरी, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विजयरत्न बज्राचार्य र नेपाल विद्यालय कर्मचारी परिषद्का बहादुर खड्काले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Dec 23, 2020| 08:38 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्