काठमाडौं– नेकपाको दाहाल–नेपाल समूह पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोेग पुगेको छ।
आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबीसहित उक्त समूहका नेताहरु लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेका हुन्।
हिजो मंगलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकमा नेकपाका ४४१ मध्ये ३१५ जना सदस्य उपस्थित थिए।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो।