सोमबार, भदौ २२, २०८३

संसदीय दलको नेता चुन्न दाहाल–नेपाल समूहको बैठक सुरु

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ।

बैठकले पार्टी संसदीय दलको नयाँ नेता चुन्नेछ।

बैठकले पुष्पकमल दाहाललाई नेता चयन गर्ने बताइएको छ।

सांसद देवेन्द्र पौडेलका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकाले दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको हो। 

हिजो बसेको नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। 

वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएसँगै सहमतिमै दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको नेपाल निकट एक सांसद्ले बताएका छन्। 

प्रकाशित: Dec 23, 2020| 08:29 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।