सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाको एजेन्डाले मात्र मुलुकलाई निकास दिन्छ : कमल थापा 

राप्रपाको एजेन्डाले मात्र मुलुकलाई निकास दिन्छ : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको एजेन्डाले मात्र मुलुकलाई निकास दिने बताएका छन्। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको एजेन्डाले मात्र मुलुकलाई निकास दिने बताएका छन्। 

काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई मंगलबार सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुलुकले निकास पाउने दाबी गरेका हुन्। 

उनले भने, ‘अहिलेको संकट कम्युनिस्ट र कांग्रेसबाट भएको हो। अब यी दलबाट मुलुकको निकास सम्भव छैन।’ 

मुलुकलाई निकास दिनको लागि सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द हुन थापाले आग्रह पनि गरे। 

कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस र कम्युनिस्टले मुलुक सञ्चालन गर्न नसक्ने बताए। 

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्र्थापना गर्नको लागि सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएकोसमेत राणाको भनाइ थियो। 

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने बताए। 

उनले भने, ‘मुलुकलाई असफताको बाटोमा लान खोजिएको छ। त्यो हुन नदिन राप्रपा बलियो हुनुपर्छ।’ 
 

प्रकाशित: Dec 23, 2020| 08:27 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।