काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बुधबार सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।
संवैधानिक इजलास शुक्रबारको लागि तोकिएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। त्यसमध्ये एउटा रिट पहिल्यै संवैधानिक इजलासका लागि दर्ता भएको थियो।
नेकपाका सांसद् र कानुन व्यवसायीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै बदरको माग राखी रिट हालेका छन्।