काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो।
औपचारिक फुटको घोषणा हुन बाँकी रहेको नेकपामा थापा सचिवालय सदस्य छन्। उनी अहिलेसम्म कुनै समूहमा सहभागी भएका छैनन्।
मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि थापासँग मन्त्री क्वार्टर पुलचोक पुगेर भेट गरेका थिए।
मंगलबार दिउँसो केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आधिकारिक पार्टी भएकाले थापा आफ्नै समूहमा आउने दाबी गरेका थिए।