काठमाडाैं- ललितपुरको धोबीघाटमा मोटरसाइकलकाे ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदल हिँडिरहेका खनाललाई मंगलबार साँझ साढे ६ बजे मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक प्रहरी प्रभाग सानेपाको नियन्त्रणमा छन् ।