कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन गरिएको छ ।
प्रधानमन्त्री लोते शेरिङको घोषणामा आजदेखि लागु हुने गरी एक साताका लागि लकडाउन गरिएको हो ।
भुटानको राजधानी थिम्पुमा पाँच जना कोरोना संक्रमित फेला परेपछि लकडाउन घोषणा गरिएको हो । लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ ।
लकडाउनको अवधिमा अनिवार्य रुपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन पाइने छैन ।
भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन ।