सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव ५ गते साढे ३ बजे नै दर्ता

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ५ गते साढे ३ बजे नै दर्ता

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अविश्वासको प्रस्ताव पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको प्रस्ट पारेका हुन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सम्बन्धमा समय परिवर्तन गरिएको भन्ने समाचार बाहिरिएपछि संघीय संघीय संसद् सचिवालयले त्यस सम्बन्धमा प्रष्ट पारेको छ। 

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अविश्वासको प्रस्ताव पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको प्रस्ट पारेका हुन्।

सभामुखको सचिवालयले भने बिहान साढे १० बजे अविश्वासकोे प्रस्ताव दर्ता भएको जानकारी दिएको थियो। 

सचिवालयले नै सञ्चारमाध्यममा संसद् सचिवालयका कर्मचारीहरुले समय परिवर्तन गरेको जानकारी गराएपछि कतिपय सञ्चारमाध्यममा समय परिवर्तन गरिएको समाचार आएको थियो।

‘अविश्वासको प्रस्ताव प्रतिनिधिसभाका सम्माननीय सभामुखसमक्ष पेस गरी कार्यव्यवस्था शाखामा दर्ता हुने प्रचलन रहेको र २०७७ पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत् रुपमा पेस भई सम्माननीय सभामुखज्यूको तोक आदेशभएपछि सोही दिन अपराह्न साढे ३ बजे कार्यव्यवस्था शाखामा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 
 

प्रकाशित: Dec 23, 2020| 07:11 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।