सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रघुवीर महासेठ : हिजो दाहाल समूहको बैठकमा, आज ओली समूहको वक्ता

रघुवीर महासेठ : हिजो दाहाल समूहको बैठकमा, आज ओली समूहको वक्ता

नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही घण्टामा खेमा परिवर्तन गरेका छन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही घण्टामा खेमा परिवर्तन गरेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले मंगलबार आयोजना गरेको स्थायी कमिटी बैठकमा सहभागी भएका महासेठ साँझ अर्का अध्यक्ष केपी ओलीको खेमामा लागेका हुन्।  

लामो समयदेखि केपी ओली समूहमै रहेका महासेठ दाहाल–नेपाल समूहको बैठकमा सहभागी भएपछि उनले ओली समूह छोडेका रुपमा हेरिएको थियो।

तर, एकाएक उनी पुनः ओलीकै समूहमा आएका छन्। मंगलबार दिउँसो दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भए पनि उनी त्यसपछि आयोजना भएको केन्द्रीय समितिको बैठकमा भने सहभागी भएनन्।

उनै महासेठ बुधबार प्रधानमन्त्री केपी शर्मा ओली समूहले सातवटै प्रदेशमा आयोजना गरिरहेको प्रदेश भेलाका रुपमा प्रदेश २ को वक्ताका रुपमा राखिएका छन्। 

महासेठ पत्नी केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य जुली कुमारी महतो भने ओली पक्षकै बैठकमा सहभागी भइरहेकी छिन्। 

बालुवाटार स्रोतका अनुसार मंगलबार दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर निस्केपछि महासेठले साँझ प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए। छलफलपछि महासेठ पुनः ओलीलाई नै समर्थन गर्ने निर्णयमा पुगेको बताइएको छ।
 

प्रकाशित: Dec 23, 2020| 06:36 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।