सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ सुरु

संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासलमा सुनुवाइ सुरु भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

१२ वटा रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा तोकिएको छ। एउटा रिट भने संवैधानिक इजलासमा छ। उक्त रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ। 

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख, प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरू प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो।

संसद् विघटनविरुद्ध कानुन व्यवसायीहरू र नेकपाका सांसदले रिट दर्ता गराएका छन्। 

संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन्। 

रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली  र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ। 

प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरू नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ।
 

प्रकाशित: Dec 23, 2020| 06:22 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।