सोमबार, भदौ २२, २०८३

पर्साका ८० हजार वृद्धवृद्धालाई न्यानोमा राखिँदै

पर्सामा ८० हजार वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्न लागिएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

पर्सा– पर्सामा ८० हजार वृद्धवृद्धालाई न्यानोमा राख्न लागिएकाे छ। जिल्ला विपद् व्यवस्थापन समितिले ७० वर्षमाथिका गरिब तथा विपन्न वृद्धवृद्धाको पहिचान गरेको छ।  

चिसो बढेपछि न्यानोमा राख्न वृद्धवृद्धा पहिचान गरिएको हो। 

१४ वटै स्थानीय तहको सहयोगमा ८० हजार वृद्धवृद्धालाई न्यानो बाँड्ने तयारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। 

सरकारको निर्देशनबमोजिम समितिले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई प्रतिव्यक्ति १२ देखि १५ सयका दरले टोपी, हाइनेक र कम्बल बाड्न लागिएको समिति संयोजक तामाङले बताए। 

जाडोका बेला वृद्धवृद्धालाई न्यानोमा राख्न तथा शीतलहरबाट बचाउन विपद् व्यवस्थापन समितिको ४४ लाख र स्थानीय तहको बजेट समावेश गरी न्यानो बाँड्न लागिएको हो।

शीतलहरका कारण तराईमा बर्सेनि सयौं वृद्धवृद्धा तथा बालबालिकाको अकालमै ज्यान जाने गरेको छ।

सरकारको निर्देशनबमोजिम चोकचोकमा दाउरा बाल्नेदेखि वृद्धवृद्धालाई नारायणी अस्पतालमार्फत निःशुल्क स्वास्थ्य उपचारसहितको व्यवस्था गरिएको तामाङले बताए। 

दाउरा टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) रौतहटबाट मगाउन लागिएको छ। कृषि उपज, जनस्वास्थ्य सम्बन्धी सूचना लगायतको काम जिल्ला विपद् व्यवस्थापनले गरिरहेको छ।
 

प्रकाशित: Dec 23, 2020| 05:51 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।