सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरीत, बिक्रीवितरणमा रोक

सुर्खेतका १८ डेरी उद्योग मापदण्ड विपरीत, बिक्रीवितरणमा रोक

 सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताए । 

“डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ”, उनले भने, “पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।” 

यसअघि डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । 

अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो ।

यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिए । रासस

प्रकाशित: Dec 23, 2020| 04:35 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।