सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री भट्ट र नेकपा अध्यक्ष दाहालबीच आज भेटवार्ता हुँदै

मुख्यमन्त्री भट्ट र नेकपा अध्यक्ष दाहालबीच आज भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता तय भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता तय भएको छ।

बुधबारका लागि अध्यक्ष दाहाल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता तय भएको मुख्यमन्त्री श्रोतले बताएको छ। भेटका क्रममा सुदूरपश्चिम प्रदेशमा पार्टीको अवस्था र प्रदेश सरकारको विषयमा छलफल हुने बताइएको छ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाल–दाहाल पक्षका सांसदहरू बढी छन्। प्रदेश सरकारमा पनि मुख्यमन्त्रीसहितका अधिकांश मन्त्री नेपाल–दाहाल पक्षमा छन्। 

मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीचको भेटले सरकार समीकरणमा पनि फरक पर्ने आशंका गरिएको छ। यसैबीच, सुदूरपश्चिम प्रदेशमा अल्पमत–बहुमतको अंक गणित सुरु भएको छ।

प्रदेशसभामा रहेका ५३ जना प्रदेश सभा सदस्यमध्ये नेकपाका ३९,  काँग्रेसका १२ र राजपाका २ जना छन्। 

नेकपाका ३९ जना प्रदेशसभा सदस्यमध्ये ३४ जना आफ्नो समूहमा रहेको दाबी भीम रावल पक्षले गरेको छ। सो दाबीअनुसार ओली पक्षमा ५ जना प्रदेशसभा सदस्य रहेको देखिन्छ।  

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल पक्षका  प्रदेशसभाका एक सदस्यका अनुसार आफूहरुको पक्षमा दुईतिहाइ बहुमत रहेको  छ। 

तर, ओली समूहको दाबी भने छुट्टै छ। ओली समूह पक्षीय प्रदेशसभा सदस्यका अनुसार केन्द्रमा लेखराज भट्टले नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीलाई साथ दिएकाले सो को प्रभाव प्रदेश सभामा परेको बताए। उनका अनुसार पूर्व माओवादी र पूर्व एमालेका गरेर १३ जना प्रदेश सभा सदस्य ओलीको पक्षमा खुलेको बताए।   

भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य रतन थापा र नेपालु चौधरी अहिलेसम्म ओलीका पक्षमा खुलेका प्रदेशसभा सदस्य हुन्। तीन जना बाहेक अन्यको नाम भने अहिले खोल्न मिल्दैन उनले भने, ‘प्रमुख सचेतक तारालामा तामाङलगायतका १३ जना ओली पक्षमा उभिने निश्चित छ।’

प्रदेश सभा अर्का एक सदस्यका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा, प्रमुख सचेतक तारालामा तामाङ, प्रदेशसभा सदस्य कुलबिर चौधरी, लिलाधर भट्ट, लालबहादुर खड्का, कुन्ति जोशी, मानबहादुर सुनारलगायतका प्रदेशसभा सदस्य ओली पक्षमा लाग्ने देखिएको छ। यद्यपी उनीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन्।

ओली समूहको दाबी अनुसारको अंकगणित मिलेमा प्रदेश सभामा रहेका कांग्रेस र राष्ट्रिय जनता पार्टीसँग मिलेर बहुमतको सरकार बनाउने बताईएको छ।   
ओली समूहमा नेकपाका १३ सहित प्रतिपक्षी कांग्रेसका १२ र राजपाका २ गरी २७ जना प्रदेशसभा सदस्य भएमा प्रदेशमा बहुमतको सरकार बन्न सक्छ। 

सुदूरपश्चि प्रदेश सभामा रहेका ५३ मध्ये २७ प्रदेश सभा सदस्य घटाउँदा प्रचण्ड–नेपाल पक्षमा २६ जना मात्र प्रदेश सभा सदस्य रहन्छन्। 

तर, सुदूरपश्चिम प्रदेश सभा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता डा रणबहादुर रावलले अहिले यस बिषयमा छलफल नभएको बताए।

प्रकाशित: Dec 23, 2020| 04:01 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।