सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागुऔषध नियन्त्रण गर्ने अभियानमा वाग्मती प्रदेश प्रहरी  

लागुऔषध नियन्त्रण गर्ने अभियानमा वाग्मती प्रदेश प्रहरी  

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

हेटौंडा– वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ। 

प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी अभियान सञ्चालन गरेको हो। 

यस अन्र्तगत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार नियन्त्रणमा सक्रिय भएको वाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए। 

वाग्मती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागुऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागुऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारवाही अभियान सञ्चालन गरिएको हो।

कार्यालयका अनुसार विभिन्न मितिमा गरी पुस महिनाको हालसम्मको अवधिमा ३७१ बिघा ५६ कठ्ठा २७ धुर जग्गा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जनाकारी दिएन्।  यस अभियानलाई प्रभावकारी बनाउन प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा गरी ४२८ प्रहरी कर्मचारी परिचालित गरिएको थियो।

मकवानपुरमा मात्रै पुस महिनामा २३५ बिघा पाँच कठ्ठा पाँच धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ। चितवनमा ५० बिघा, सिन्धुलीमा ६३ बिघा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिघा आठ कठ्ठा गरी मङ्सिरमा मात्रै ३७१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ। 

मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतका वडा नं ८ र ९ मा मङ्सिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फडानीअन्तर्गत २२३ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ।

मङ्सिर महिनालाई लागुऔषधविरुद्धको कारवाही अभियानको रूपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागुऔषध चरेस ५० केजी बरामद भएको छ । त्यस्तै औषधिजन्य लागुऔषधअन्तर्गत डाइजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट एक हजार २०० ट्याब्लेट, नाइट्रेजेपाम ४५ ट्याब्लेटलगायतका लागुऔषध बरामद गरिएको छ।

मङ्सिर महिनाभित्र लागुऔषध ओसारपसार गर्ने २०  व्यक्तिलाई समेत पक्राउ गरिएको छ। फरार चार जनाको खोजतलास भइरहेको छ। लागुऔषध ओसारपसार संलग्न छ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिइन्। 

यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएको गाँजा, अफिमखेती नष्ट गर्ने काम अझैसम्म सम्पन्न नभइसकेकाले लागुऔषधको अवैध खेती नष्ट गर्ने अभियानलाई पुस महिनामा पनि निरन्तरता दिने काम भइरहेको छ।

प्रकाशित: Dec 23, 2020| 03:31 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।