सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पूर्वमाओवादीका दुई सांसद् ओली क्याम्पमा, अब कांग्रेस निर्णायक 

कर्णालीमा पूर्वमाओवादीका दुई सांसद् ओली क्याम्पमा, अब कांग्रेस निर्णायक 

कांग्रेसलाई साथमा लिए खण्डमा दुबै पक्षले सरकार सञ्चालन गर्न सक्नेछन् । यद्यपी कांग्रेसले भने अहिले नै सरकार गठनबारे केही बोल्न नमिल्ने बताएको छ ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

सुर्खेत- पूर्वमाओवादीबाट कर्णाली प्रदेश सभामा निर्वाचित दुई जना सांसदले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको साथ छोडेका छन्।

दैलेख क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मी र सुर्खेत क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद ठम्बर विष्टले दाहालको साथ छोडेका हुन्। 

दुवै जना प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली क्याम्पमा प्रवेश गरेका छन्। दाहाल समूह परित्याग गरेर उनीहरु ओली समूहले थपेका ५५६ जना केन्द्रीय सदस्य बनेका छन् । 

दुवै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको अर्का सांसद यामलाल कँडेलले जानकारी दिए। तर दुवै जनाले ओली समूहमा गएको आधिकारिक जानकारी दिएका छैनन्।

रेग्मी र विष्ट तीनै सांसद हुन् जसले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव ल्याएका थिए। तर सांसद विष्टले अन्तिम समयमा अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए।

दुई जना सांसद ओली क्याम्पमा गएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ। ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्। नेकपाका ३३ मध्ये ओली समूहका सभामुखसहित १४ जना, दाहाल–नेपालका १७ जना र रामबहादुर थापा समूहका दुई जना सांसद छन्। 

बादल समूह पनि दाहाल समूहलाई नै साथ दिँदै आएको छ। यसकारण कारण कर्णाली प्रदेश सरकार कांग्रेस निर्णायक हुने निश्चित बनेको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेससँग ६ जना प्रदेश सांसद छन्। 

कांग्रेसलाई साथमा लिएकाे खण्डमा दुवै पक्षले सरकार सञ्चालन गर्न सक्नेछन्। यद्यपी कांग्रेसले भने अहिले नै सरकार गठनबारे केही बोल्न नमिल्ने बताएको छ ।

‘नेकपाले ल्याएको संकटबाट मुलुकलाई बचाउन कांग्रेसले अभिभावकत्व निभाउँछ तर सरकारमा जान हतार गर्दैन’ कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले भने, ‘पार्टी केन्द्रको निर्णय अनुसार नै सरकारमा जाने वा नजाने भन्ने एकीन हुन्छ।’

जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मा नेकपालाई दिएको भन्दै नेकपाले त्यो जिम्मेवारी पूरा गर्न नसके कांग्रेसले अभिभावकत्व निभाउने शाहीकाे उनको तर्क छ। 

‘कांग्रेस लोकतन्त्र र जनमतको कदर गर्छ। सत्तामा पुग्न हतार गर्दैन’ उनले भने, ‘तर मुलुकमा आइपर्ने संकट समाधान गर्न अभिभावकत्व निभाउन तयार छ ।’

प्रकाशित: Dec 23, 2020| 03:30 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।