सोमबार, भदौ २२, २०८३

विभाजित नेकपाको संसदीय दलको नेता बन्दै दाहाल

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– संसद् विघटन भएसँगै विभाजित भएको नेकपाको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ । 

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ ।

सांसद् देवेन्द्र पौडेलका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकाले दाहाललाई संसदीय दलको नेता बनाउन लागिएको हो । 

हिजो बसेको नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । पार्टीमा दाहाल र नेपालको समान हैसियत हुनेगरी उनलाई अध्यक्ष बनाइएको थियो । 

वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएसँगै सहमतिमै दाहाललाई संसदीय दलको नेता बनाउँन लागि नेपाल निकट एक सांसद्ले पनि बताएका छन्  । 

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि दाहाललाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो।

दाहाल नेपाल पक्षीय प्रतिनिधि सभा सदस्यको सोमबार पनि बैठक बसेको थियो। बैठकमा ९० जना सांसदको उपस्थिति थियो।

प्रकाशित: Dec 23, 2020| 02:10 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।