सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडकमा भेटिएका दुई बङ्गलादेशीलाई परिवारमा पुनःमिलन गराइँदै

सडकमा भेटिएका दुई बङ्गलादेशीलाई परिवारमा पुनःमिलन गराइँदै

चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई बुधबार स्वदेश  फर्काइँदै छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

चितवन– चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन विताइरहेको अवस्थामा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई बुधबार स्वदेश  फर्काइँदै छ। 

सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं ०७२ मा सडकबाट उद्धार गरेको थियो। 

पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशको राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन्।  आज उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले जानकारी दिइन्। 

चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर किरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुस्किल थियो। 

विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ। बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो। अहिले उनी पनि स्वस्थ भएका छन्। 

आज उनीहरुलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्ता सँगै जाने भएका छन्।  उनीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले विदाईसमेत गरिसकेका छन्। 

आश्रमले यसअघि पनि तीन बङ्गलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गरिसकेको छ। हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ। अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन्। त्यसमा धेरै भारतीय छन्। उनीहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ।
 

प्रकाशित: Dec 23, 2020| 01:46 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।