सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोग निको हुने विश्वासले तातोपानी कुण्डमा स्थानीयको घुइँचो

रोग निको हुने विश्वासले तातोपानी कुण्डमा स्थानीयको घुइँचो

हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासीको घुइँचो लाग्ने गरेको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

सिमकोट–हिउँदको याम सुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासीको घुइँचो लाग्ने गरेको छ। 

खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्या वृद्धि भएको छ। खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जनासम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताइन। 

कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन्। तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताइन्। 

तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ। 

खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए। हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन्। 

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन।

प्रकाशित: Dec 23, 2020| 01:32 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।