सोमबार, भदौ २२, २०८३

चितवनमा एक कैदीको मृत्यु

कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

चितवन। कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौ‌डा उपमहानगरपालिका-१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन्।

उनलाई प्रहरीले २०७६ म‌सिरमा पक्राउ गरेको थियो।

मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकिएका उनको आन्द्रामा समस्या देखिएको थियो।

उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। 

कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका छन्।

कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ छ।

प्रकाशित: Dec 22, 2020| 14:36 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।