सोमबार, भदौ २२, २०८३

प्रदेश १ : १०० जना संक्रमणमुक्त, ६३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०० जना कोरोना संक्रमणमुक्त भएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०० जना कोरोना संक्रमणमुक्त भएका छन्। 

होम आइसोलेसनमा रहेका ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका चार र विराट मेडिकल कलेजमा रहेका तीनजना संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन्। 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २५ हजार ४९५ पुगेको छ।

प्रदेश १ मा मंगलबार ६३ जना संक्रमित थपिएका छन्।

मोरङमा ३३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका पाँचजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४८९ पुगेको छ। 

प्रदेश १ मा मंगलबार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएकामध्ये ३४ महिला र २९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 22, 2020| 13:55 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।